नारायणी अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु

छहारी संवाददाता
बैशाख १७, २०७८

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जका दुई महिला र जीतपुर सिमरा उपमहानगरपालिकाका एक पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे मृत्यु भएको हो ।

वैशाख १२ गते उपचारका लागि ल्याइएकी ती महिलामा सोही दिन पीसीआर पोजेटिभ देखिएको थियो । उनलाई कुनैपनि दीर्घ रोग नभएको चिकित्सकहरुले बताएका अनलाइन खबरले लेखेको छ । यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या थियो ।

उपचारको क्रममा बिहीबार राति ९ः३५ मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११स्२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिल्यैदेखि टीबीको समस्या थियो । उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*