चट्याङ्ग लागेर एक बालकको मृत्यु, दुई घर जलेर नष्ट
रोल्पाको सुनछहरी गाउँपालिका ७ जेलबाङमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ ।
दुई वटा घर जलेर नष्ट भएका छन् । चट्याङ्ग लागेर ९ वर्षका अभिशेख पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभएको उज्यालो अनलाइनले लेखेको छ । गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर बालकको ज्यान गएको र आमालाई सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो ।
चट्याङ्गबाट परिवर्तन गाउँपालिका २ बागमाराका अमन कुमारी राना र त्रिवेणी गाउँपालिका २ दहवनका कृष्ण केसीको घरमा आगलागी भएको छ । आगलागीबाट घरसहित घरमा भएका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।







