भीमफेदी गाउँपालिकाबाट ३४ किलो गाँजा सहित एक जना पक्राउ

छहारी संवाददाता
बैशाख १६, २०७८

मकवानपुरको भीमफेदी गाउँपालिकाबाट ३४ केजी लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भिमफेदी गाउँपालिका वडा नंम्बर २ स्थित सडकखण्डमा गाडीहरुलाई रोकी चेकजाँच गर्ने क्रममा टाटासुमोमा उक्त परिमाणको गाँजा बरामद भएको हो । चेकजाँका लागि टाटासुमोलाई रोक्न खोज्दा तिव्र गतिमा भागेपछि प्रहरीले पिछा गर्दै जाने क्रममा भिमफेदी वडा नम्बर १ सुन्दरीमाई स्थित राप्तीखोलाको बगरमा पुगेपछि पक्राउ गर्न सफल भएको हो ।

सुमोमा ६ वटा पोका पारेर लुकाई ल्याएको ३४ किलो गाँजा फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुमो चालक पर्सा जिल्ला बिन्दावासिनी गाउँपालिका वडा नंम्बर ३ बस्ने वर्ष २९ को रबिन्द्र उपाध्याय रहेका छन् । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुमो प्रहरीको नियन्त्रणमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*