शुभलाभ ट्रान्सपोर्टमा आगलागि हुँदा एक करोड बराबरको क्षति भएको अनुमान(तस्विरहरु)

छहारी संवाददाता
बैशाख १६, २०७८

हेटौंडा ४ हुप्राचौरमा रहेको बिमला उप्रेतीको घरमा गएराती आगलागी हुँदा एक करोड रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ ।

काभ्रे पाँचखाल ७ बस्ने राज कुमार न्यौपानेले संचालन गरेको शुभलाभ ट्रान्सपोर्टमा गएराति अचानक बिद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ट्रान्सपोर्टका २ ओटा बुलेट बाइक, मोटर पार्टस्, बिद्युतिय सामग्री, ८ रोल कार्पेट, ४५ कार्टुन आगरबत्ती, सोलार, कार्यालयका फर्निचर, कागजपत्र, खाद्यान्न जलेर नष्ट भएका छन् ।

आगलागीबाट कुनैपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगालागीबाट घरको छत समेत फुटेको छ ।

राती साँढे ११ बजेको समयमा भएको आगलागस् वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केपी बिष्टको कमाण्डमा गएको १५ जनाको टोली र हेटौंडा उपमहानगरपालिकाको २ ओटा वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो।

यस शुभलाभ ट्रान्सपोर्टबाट हेटौडा बजार लगायत काठमाडौंमा सामान सप्लाइन गर्ने गरेको हेटौडामा ट्रान्सपोर्टको जिम्मेवारी सम्हालेका अशोक घिसिङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*