आगोले जलेर घाइते भएका सात महिने बालकको मृत्यु
महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भएको देशसञ्चारले लेखेको छ ।
गएराति ९ बजेको समयमा श्रवणको घरमै भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको अवस्थामा ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गइ बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई उपचारका लागि गएराति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।







