मकवानपुरमा ८१ जनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टी
मकवानपुरमा थप ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार ८१ जनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा कोभिड–१९ का फोकल पर्सन भोला चौलगाई जानकारी दिनुभयो । उहाँका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिका ३६ जना, मकवानपुरगढी गाउपालिकाका १ जना र हेटौडा बसोबास गर्ने बाराका एकजना रहेका छन् ।
संक्रमित मध्ये सबैभन्दा बढी १३ जना हेटौंडा उमहानगरापलिका ४ का रहेको चौलागाईले जानकारी दिनुभयो । ७० जनाको पीसीआर र ११ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १५ महिला र २३ पुरुषमा संक्रमण पुष्टी भएको हो । हेटौंडामा दिनदिनै कोरोना संक्रमित संख्या थपिँदै गएको छ ।








