खोटाङको हलेसी मन्दिर दुई साताका लागि बन्द

छहारी संवाददाता
बैशाख १३, २०७८

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि खोटाङको हलेसी मन्दिर दुई साताका लागि बन्द गरिएको छ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को बैठकले उक्त निर्णय गरेको हो। दर्शनार्थीको भीड लाग्दा कोरोनाको जोखिम हुने भन्दै डिसिसिएमसीको बैठकले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म मन्दिर बन्द गर्ने निर्णय गरेको, देशसञ्चारले लेखेको छ ।

डिसिसिएमसीको बैठकले मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिक नित्य पूजा बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकिर्तन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु बन्द रहने निर्णय गरेको छ।

यस्तै बैठकले सभा, सम्मेलन, गोष्ठी, मेमिनार, उद्घाटन, शिलान्यास, चियापान कार्यक्रम जस्ता राजनैतिक तथा अन्य क्रियाकलाप नगर्नेरनगराउने पनि निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*