सरकारको निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ प्रधानाध्यापक पक्राउ

छहारी संवाददाता
बैशाख १३, २०७८

सरकारको निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ वटा निजी स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको निर्णयको अवज्ञा गर्ने राजविराज नगरपालिकाका विभिन्न स्कुलका ११ जना प्रधानाध्यापक पक्राउ परेको उज्यालो अनलाइनले लेखेको छ ।

पक्राउ पर्नेमा सप्तरीको लक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, जानकी सेकेण्डरी स्कुलका शिक्षक हरि किसुन राम, एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सिर्जना सेकेण्डरी बोर्डिङ स्कुलका शिक्षक रिमा झा रहेका छन् ।

लिटिल फ्लावर सेकेण्डरी स्कुलका सञ्चालक डा.कामन्त देव, ग्रिन इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव, सिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेश साह, ऐ ऐ स्कुलका सञ्चालक वैद्यनाथ कुमार झा र ऐ स्कुलका सञ्चालक बुलन्द साह रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर सङ्क्रामक रोग ऐन-२०२० अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*