होम आइसोलेसन रहेको हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

छहारी संवाददाता
बैशाख १२, २०७८

कोरोना भाइरसको संक्रमण देखिएदेखि होम आइसोलेसन रहनु भएका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ ।

श्रेष्ठको छातीमा सामान्य समस्या देखिएपछि उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाह बमोजिम श्रेष्ठको अस्पतालमै उपचार भइरहेको अस्पतालले जनाएको छ।

श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*