सिमरामा कराँतेको बेल्ड टेष्ट (ग्रेडिङ) सम्पन्न

नेपाल शिनक्योकुसिन कराते संघ बारा डोजोले सिमरामा एक कार्यक्रमका बीच बेल्ड टेष्ट (ग्रेडिङ)सम्पन्न गरेको छ । सिमरा फन पार्कमा शनिबार संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का प्रमुख प्रशिक्षक राजकुमार महतोले खेलाडीहरुलाई बिशेष प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक महतोले खेलाडीहरुले प्राप्त बेल्डको सहि प्रयोग र यस क्षेत्रमा खेल प्रतिको रुची जगाउन आवश्यक रहेको बताउनुभयो । लायन्स क्लब अफ सिमराका अध्यक्ष हंकलपीत न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा करातेका ३० जना खेलाडीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले देश विकासका खेलकुद क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै सरकार र निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउँनुभयो । ‘खेलकुदले स्वास्थ्य क्षेत्रसँगै देशको गरिमामा समेत प्रभाव पार्छ,’ उनले भने, ‘त्यसैले कराते लगायतका खेलकुदमा युवाहरुले पनि सहभागिता बढाउँनु पर्दछ ।’
नेपाल शिनक्योकुसिन कराते संघ बाराका अध्यक्ष राजेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा संघ बाराका उपाध्यक्ष दुर्भ क्षेत्री, नेपाल केन्पो खुकुरी मार्सल आर्ट बाराका सचिव हेमन्त शाह ठकुरी, सदस्यहरु रोबन शाह ठकुरी, रमेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।