प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित धरहराको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्नु भएको छ । रिवन काटेर धरहरा प्रवेश गर्नुभएका प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तल्ला पुगेर ओलीले पुष्पवृष्टिका साथ धरहराको उद्घाटन गर्नु भएको हो । ओलीले केही समय राजधानीको दृश्यसमेत अवलोकन गर्नुभएको थियो ।
पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताउनुभएको छ ।
उहाँले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गर्नुभएको छ। प्रधानमन्त्री ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताउनुभएको छ ।







