सुनको मुल्य पाँच सय रुपैयाँले घट्यो
सुनको मुल्य साताको अन्तिम दिन शुक्रबार पाँच सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९२ हजार २ सय रुपैयाँ रहेको सुनको मुल्य पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।







