सवारी दुर्घटनामा एक बालकको मृत्यु, दुई जना घाइते

छहारी संवाददाता
बैशाख ८, २०७८

दाङमा सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुकी बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा रहेका एक बालकको ज्यान गएको हो भने बालकका आमाबुवा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा बबई गाउँपालिका ६ मोतिपुर ८ वर्षका स्पर्श आचार्यको ज्यान गएको हो । आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*