तराईका सबैजसो क्षेत्रमा तुवाँलो, पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
देशका धेरैजसो ठाउँमा तुँवालो सुरु भएको छ । भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका सबैजसो क्षेत्र र काठमाण्डौसहित पहाडी जिल्लामा पनि अहिले ुभिजिबिलीटीु कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा आन बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न लागेको उहाँको भनाइ छ । त्यस क्षेत्रको मौसम बिहानैदेखिबाट बद्ली भइरहेको, उज्यालो अनलाइनले लेखेको छ ।
पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने उहाँले बताउनुभयो । दिउँसो पनि यी क्षेत्रहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।







