म्यानमार नरसंहारको विरोधमा पुल्चोकमा प्रदर्शन

छहारी संवाददाता
चैत्र २०, २०७७

म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि प्रदर्शन भएको छ ।

प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा शुक्रबार बिहान यूएनको कार्यालय अगाडि प्रदर्शन गरेको अनलाइन खबरले लेखेको छ ।

म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर, नागरिक शासन बहाली गर, शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर लगायतका नारा लेखिएको व्याना र तथा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*