पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

छहारी संवाददाता
१९ चैत्र २०७७, बिहीबार १९:४९

नेपाल पत्रकार महासंघ बागमती प्रदेश निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।

बागमती प्रदेशमा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । मकवानपुरका गिरिजा प्रसाद अधिकारी, नुवाकोटका शिव देवकोटार चितवनका हरिप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यसैगरी, उपाध्यक्ष पदमा नवराज छत्कुली, रुपेश दुलाल र हरिप्रसाद हुमागाईँले उम्मेदवारी दिनु भएको छ ।

महिला उपाध्यक्षतर्फ नानीमैया कार्की (सम्झना) र संगीता आचार्यको उम्मेदवारी परेको छ भने महासचिव पदका लागि कृष्ण सारु मगर र केशव अधिकारीले उम्मेदवारी दिनु भएको छ । यस्तै सचिव पदमा दयाराम दाहाल र युवराज पुरीको उम्मेदवारी परेको छ ।

सचिव (समावेशी तर्फ) जीवन लामा र राजन वि.क, कोषाध्यक्ष तर्फ रमेश ढुंगेल र रामचन्द्र नेपालले उम्मेदवारी दर्ता गराउनु भएको छ भने खुल्ला सदस्य तर्फ सुजन बिडारी र सुदिप शिवाकोटी, गोपी न्यौपाने, कृष्णप्रसाद ढुंगाना, जीवन कुंवर, प्रकाश सिग्देल, प्रेमप्रसाद पौडेल, रामहरि गजुरेल, लक्ष्मण घिमिरे, श्याम प्रसाद खतिवडा र सन्तोष भुजेलले उम्मेदवारी दिनु भएको छ ।

त्यस्तै, सदस्य (महिलातर्फ) अञ्जु तामाङ, सविता न्यौपाने, सविता श्रेष्ठ, सम्झना हुमागाईँ, ज्ञानु श्रेष्ठ र सदस्य दलिततर्फ केशव नेपाली र प्रकाश सुन्दासले उम्मेदवारी दिनु भएको छ । सदस्य (अल्पसंख्यक) मा भने निराशी थामीको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन चैत २५ गते हुने गरी तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*