भारतमा भेटिएका सात बालिका र किशोरीलाई आजै राति नेपाल ल्याइने

छहारी संवाददाता
चैत्र १८, २०७७

महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार (आजै) राति नेपाल ल्याइने भएको छ ।

हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी र अभिभावक भारतको सितामढी गएका छन् । बालिका र किशोरीलाई बिहीवार (भोलि) परिवारको जिम्मा लगाइने भङ्गाहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिनुभएको उज्यालो अनलाइनले लेखेको छ ।

मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी हराएका थिए । उनीहरू भागेका हुन् या कसैले भगाएको हो भन्नेबारे खुलेको छैन । मङ्गलवार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*