कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा संक्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ५९ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७२ हजार सात सय ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १४ सय ९३ जना सक्रिय संक्रममित रहेका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म तीन हजार तीस जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।







