मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्यो
मंगलबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार पाँच सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले घटेर ८५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







