अमृता अनाथ आश्रमका बालबालिकालाई खाधान्न तथा होलीका सामग्री वितरण
बाराको कलैया ४ मा रहेको अमृता अनाथ आश्रमका बालबालिकालाई होली पर्वका अवसरका खाधान्न तथा होलीका सामग्री वितरण गरिएको छ ।
नेकपा(माओवादी केन्द्र) जिल्ला कमीटीले आश्रममा रहेका १६ जना बालबालिकाको लागि चामल, फलफुलका साथै होली खेल्नका लागि रङ, पिच्कारी टिसर्ट लगायतका सामग्री वितरण गरेको हो । खाधान्न वितरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)प्रदेश २ कमीटी सदस्य तथा पूर्व सांसद शिवचन्द्र कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला नेता उमेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु हसनजान अन्सारी, जलालुद्धिन मन्सुर, परशुराम चौधरी, मिना सिंह, नगर कार्यकर्ता डाक्टर शुसिल शाह, अम्बिका पटेल, सनिल कुशवाह, शौखत मन्सुर लगायतकाको उपस्थिती रहेको थियो । महिलाले संचालन गरेको उक्त अमृत आश्रममा ४ वर्षदेखि १५ वर्ष उमेर समूहका १६ जना बालबालिका आश्रित छन् ।








