इन्द्रसरोवरको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सुरु

छहारी संवाददाता
चैत्र १४, २०७७

मन्जरी बलामी,मकवानपुर

इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सुरु भएको छ । इन्द्रसरोवर गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन नेपालको सहजीकरणमा चैत्र १४ गते शनिबार नगरकोटमा ३ दिने कार्यशाला सुरु भएको हो ।

कार्यक्रमको उद्घाटनमा आफ्नो मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा सभाध्यक्ष उमा कुमारी लामाले गाउँपालिकाको भविष्यको खाका कोर्न सम्बन्धित सबै सरोकारवालाहरुले विशेष महत्व र प्राथमिकता दिइ सफल बनाउन जोड दिनुपर्ने औंल्याए ।

कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले कार्यशाला निक्कै नै महत्त्वपूर्ण र राज्यले निर्देशन दिएको कार्य भएकोले चौतर्फी आलोचनाको बाबजुद पनि कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।

गाउँपालिकाको दस्तावेज निर्माणका लागि गाउँपालिका भित्रका जनप्रतिनिधि, राजनीतिज्ञ दलका प्रतिनिधि, विद्यालयका प्र.अ, होटल, मत्स्य र डुङ्गा व्यवसायी संघका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, बाल क्लबका प्रतिनिधि, सञ्चारकर्मी, लगायत गाउँपालिकाको विकाससँग सम्बन्धित सरोकारवाला नागरिक तथा कर्मचारीहरुको सहभागीतामा विषेश महत्वका साथ कार्यशाला निर्माण सुरु भएको हो ।

कार्यशालाबाट गाउँपालिकाको पार्श्वचित्र आयव्यय, पालिकाको बस्तुगत विश्लेषण, दीर्घकालीन सोच निर्धारण, समष्टिगत लक्ष्य, विषयक्षेत्रगत उदेश्य तथा रणनीति, उप-विषयक्षेत्रगत उदेश्य, रणनीति, मुख्य कार्यक्रम, अपेक्षित लगानी अनुमान र पालिका स्तरीय गौरवका आयोजना निर्धारण लगायतका आउटपुट प्राप्ति हुने जिडिएस नेपालका लिडर तथा प्रशिक्षक बिके महर्जनले जानकारी दिए ।

आवधिक योजना निर्माणका लागि फाल्गुन महिनाभर विभिन्न चरणमा तयारीका कार्यक्रम तथा गतिविधि सञ्चालन गरिएको थियो। कार्यशाला १७ गते विहान सम्म सञ्चालन हुने अयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*