प्रेस संगठनद्वारा छहारीकर्मी सहित १९ पत्रकार सम्मानित
प्रेस संगठन नेपाल,मकवानपुर शाखाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारहरुलाई पुरस्कार प्रदान गरेको छ । संगठनले “अग्रज पत्रकार सम्मान तथा पत्रकारिता पुरस्कार सर्मपण समारोह” आयोजना गरि विभिन्न विधामा १९ पत्रकारलाई सम्मानित गरेको हो ।
संगठनले प्रदान गरेको क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट छहारिकर्मी सरला अधिकारी सहित गणेश दर्पण अधिकारी,शुभलक्ष्मी विश्वकर्मा,शिव चौंलागाइ सम्मनित भएका छन् । उनीहरुले सम्मानपत्र सहित जनही नगद ५ हजार प्राप्त गरेका छन् ।
यस्तै संगठनले स्वर्गीय कृष्ण सेन ‘इच्छुक’ र रुद्र पाख्रिनको नाममा स्थापना गरेको ५ हजार राशिको रुद्र-सेन स्मृती पत्रकारिता पुरस्कार नानीमैया विष्ट र सुनिल खड्कालाई प्रदान गरेको छ ।

संगठनले लामो समयदेखि पत्रकारितामा योगदान पुराउनु भएका पत्रकारलाई अग्रज सम्मानबाट सम्मानित गरेको छ । सम्मानित हुनेमा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा,कौशल पाण्डे,प्रताप विष्ट,कमलचन्द्र सुमन,राममणि दाहाल,भानुभक्त आचार्य,महेन्द्र श्रेष्ठ,मोहन साँगामी,कृष्णराम परियार,नानीमाया कार्की(सम्झना), सुवर्ण श्रेष्ठ, आरसी रिजाल,लोकनाथ पाण्डे रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि नेपाल विज्ञापन बोर्डका सदस्य बलराम थापा र विशिष्ट अतिथि बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई,प्रेस संगठन बागमतीका अध्यक्ष सुनिल खड्का, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष प्रकाश दाहाल, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल,प्रेस संगठन मकवानपुर संयोजक अंजली थापा, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले मन्तव्य राखेका थिए ।







