कोरोना संक्रमण भयावह हुन नदिन ध्यान दिनुपर्छः प्रधानमन्त्री ओली

छहारी संवाददाता
चैत्र ११, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बुधवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको हो । यद्यपि अहिले भयावहको स्थिति नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताउनुभयो । पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभएको उज्यालो अनलाइनले लेखेको छ ।

उहाँले भन्नुभयो, ‘तीन दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या हो कि भन्ने देखिएको छ, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहिँ अझ बढी खतरनाक ढङ्गले अर्कै प्रकृतिमा पैदा भएको छ ।

हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन । एक पटक कडाइका साथ नियन्त्रण गरेर निर्मूल गर्नुपर्ने । खोप लगाएर निर्मूल हुन सजिलो छैन । पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक दुरी, सङ्क्रमण हुने स्थितिबाट बच्नेरबचाउने । सङ्क्रमण हुने स्थिति नहोस् ।’

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताउनुभयो । सङ्क्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीकहाँ यसको असर कम पर्‍यो । फेरि पनि कम पर्छ र बाहिर अन्यत्रजस्तो यसलाई हामी सङ्क्रमित हुन दिँदैनौँ । दिनु हुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सीसीएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*