रेड पाण्डाको छालासहित तीन जना पक्राउ

छहारी संवाददाता
चैत्र ११, २०७७

दुर्लभ वन्यजन्तु रेड पाण्डा ९हाब्रे० को छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीन जना पक्राउ परेका छन् । सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका २ का ७६ वर्षीय बृद्ध जगत बहादुर राई, त्यही गाउँपालिका ३ का ५६ वर्षीय कविर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ पक्राउ परेका उनीहरूलाई बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र गैरकानुनी रूपमा वन्यजन्तुको चोरी सिकार गरी मार्ने, आखेटोपहार लुकाइ–छिपाइ राखी खरिदरबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुदिनु भएको उज्यालो अनलाइनमा समाचार छ ।

घटनाको अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने उहाँको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार उनीहरूलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*