साहित्य संगम मकवानपुरले यसवर्ष क्रियाशिल स्रष्टाहरुलाई १० वटा सम्मान तथा पुरस्कार प्रदान गर्ने

छहारी संवाददाता
चैत्र ८, २०७७

साहित्य संगम मकवानपुरले यसवर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कार साहित्य क्षेत्रमा क्रियाशिल स्रष्टालाई दिने निर्णय गरेको छ । संगमको शनिबार बसेको बैठकले १० वटा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मकवानपुरको अग्रणी साहित्य संस्था संगमले गोपालप्रसाद रिमाल स्मृति सम्मान कव्निाटककार गोपाल पराजुलीलाई दिने निर्णय गरेको छ ।

काठमाडौं निवासी पराजुलीलाई संगमले २० हजार नगदसहित सम्मानपत्रले सम्मान गर्ने संगमका अध्यक्ष निमेष निखिलले जानकारी दिए । उनको ‘नयाँ इश्वरको घोषणा’ पुस्तकले मदन पुरस्कार प्राप्त गरिसकेको छ । यो सम्मान नाटककार्साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको हो । यो सम्मानबाट साहित्यकार् नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन् ।

यस्तै पारिजात स्मृति सम्मानबाट डा। अरुण उप्रेतीलाई सम्मान गर्ने निर्णय गरेको छ । आर्दश टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । साहित्यकार पारिजात निकट रहि साहित्यमा सेवा पु¥र्या वापत उनलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।

यसैगरी, मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । संगमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो । सम्मानपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्न लागिएको हो । उनी साहित्य संगमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर नेतृत्व गरेकी थिइन् । यो सम्मान साहित्य संगम मकवानपुरले स्थापना गरेको हो ।

भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार् व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ राशीले सम्मान गर्ने अध्यक्ष निखिलले जानकारी दिए । व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा उनको परिवारले यो सम्मान स्थापना गरेका हुन् । यो सम्मानबाट धुर्मस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसकेका छन् ।

यस्तै सुभद्रादेवि मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोला ९आँशु० लाई प्रदान गर्ने निर्णय भएको छ । मकवानपुरको पालुङ निवासी बर्तोलालाई नगद १० हजार राशीसहित सम्मान पत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेकी हुन् ।

श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पु¥र्याउँदै आएका रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने संगमका सचिव डीबी बर्तौलाले जानकारी दिए । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो ।

त्यसैगरी मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यो यसवर्षबाट प्रदान गर्न लागिएको संगमले जनाएको छ ।

भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । संगमका कार्यसमिति सदस्य विशल अधिकारी ९आशुतोष० ले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार राशीसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेको थियो यस वर्षबाट यसको राशी १५ हजार पु¥र्याइएको छ ।

यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गर्ने निर्णय भएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमित तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विद्यामा प्रतिस्प्रर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिदै आएको छ ।

सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते संगमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । सम्मान तथा पुरस्कारहरु सम्वन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिदै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष एकपटक प्रदान गर्न लागिएको न्यौपानेले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*