मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

छहारी संवाददाता
चैत्र ८, २०७७

मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध १ ख ५९२ नम्बरको ट्रक हिजाे दिउँसाे मर्स्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा परेर नासो गाउँपालिका-४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्यान गएको हो ।

यस्तै मर्स्याङ्दी गाउँपालिका-५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका-४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्यान गएको डीएसपी सुवास खड्काले जानकारी दिनुभएको उज्यालो अनलाइनले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*