फेरि हवाई भाडा बृद्धि

छहारी संवाददाता
चैत्र ६, २०७७

सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।

हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएको वायुसेवा सञ्चालकहरु बताएका छन् । बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ ।

यसअघि नेपाल आयल निगमले ३ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । त्यसक्रममा हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*