सिटिइभिटीको प्रश्नपत्र आउट गरेको भन्दै जनकपुरबाट ५ जना पक्राउ
सिटिइभिटीको प्रश्नपत्र आउट गरेको भन्दै जनकपुरधामबाट ५ जना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
भैरवचोकस्थित एक फोटो कपि पसलबाट सिटिइभिटीको पश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको फरकधारले लेखेको छ । प
क्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । डिएसपी मिश्रले अनुसन्धानमा प्रभाव पर्नसक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको बताउनुभयो ।







