दक्षिणकालीको खहरेमा दुई पुरुषको शव फेला
दक्षिणकाली नगरपालिकास्थित खहरेमा दुई पुरुषको शव भेटिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रमुख अशोक सिंहका अनुसार अपरिचित दुई पुरुषको शव भेटिएपछि प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यहाँ पुगेको छ।
करिब २० र २५ वर्षका देखिने ती पुरुषको शव मुखबाट फिँज निस्किएको अवस्थामा भेटिएको सिंहले बताए । उनीहरुको हत्या या आत्महत्या भन्ने कुरा अनुसन्धानपछि थाहा हुने उनले बताए ।







