ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सप्तरीको कञ्चनुरुप नगरपालिका-११ अन्तर्गत पूर्वपश्चिम लोकमार्गमा ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ट्र्याक्टर चालक बाराको दक्षिण झिटकैया-८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेका छन् । ना ६ ख ३४२५ नम्बरको ट्रकले ना ६ त ६१९९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मन्सुरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो ।
ट्रक प्रहरीको नियन्त्रण रहेको तर चालक भने फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रनाउ माधवप्रसाद काफ्लेले बताउनु भयो ।







