नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने
नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ ।
महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको चुनाव चैत २५ गते एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।
महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारण सभा गएको फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको चुनाव कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ ।







