ओलीले पार्टी विभाजन र विसर्जनको दुष्प्रयास गरेको खनालको आरोप

छहारी संवाददाता
चैत्र ४, २०७७

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाउनु भएको छ ।

बुधबार खनाल–नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नु पर्नेमा ओलीले जथाभावी निर्णय गरेको ओरोप लगाउनुभयो । अध्यक्ष ओलीका कारण नै पार्टीमा रोष पैदा भएको खनालको भनाई अनलाइन खबरले लेखेको छ ।

गत फागुन २८ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गर्नु भएको थियो । वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*