राष्ट्रपति भण्डारीद्धारा सर्वदलिय बैठकको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलिय बैठकको आह्वान गर्नुभएको छ । राष्ट्रपतिले मंगलबार अपरान्ह ४ बजे सबै दललाई बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।
देशको बदलिँदो राजनीतिक परिस्थितिबीच राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई सर्वदलीय छलफलका लागि बोलाउनुभएको हो ।







