सहिद स्मृति गोल्डकपः मच्छिन्द्र क्लबसँग संकटा पराजित

छहारी संवाददाता
चैत्र २, २०७७

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ । वनविज्ञान अध्ययन संस्थानको मैदानमा मच्छिन्द्र क्लब र संकटा क्लब विच भएको खेलमा मछिन्द्र एक शून्यले विजयी भएको हो ।

मछिन्द्रका राजेश परियारको गोल नै जितको लागि निर्णायक भयो । परियार आजको प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । अब मच्छिन्द्र क्लबले चैत ४ गते हुने सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ संग प्रतिस्पर्धा गर्ने छ ।

चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टको सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*