सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

छहारी संवाददाता
चैत्र १, २०७७

सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोटको घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी ले लिएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएका हुन् ।

तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहाको लहान नगरपािलका अन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विस्फोट गराइएको अध्यक्ष गोइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भ्रष्टाचार जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारबारही गर्ने मोर्चाले चेतावनी दिएको छ ।

दिउँसो भएको बम विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित ८ जना घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*