देशको पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

छहारी संवाददाता
फाल्गुन २९, २०७७

पश्चिमी वायुको प्रभावका कारण देशको पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार यो प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बद्ली रहेर पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । भोलिदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना छ । अहिले देशभर आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा हल्का वर्षा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*