प्रगतिशिल महिला आपसी विकासको १७ औं साधारणसभा सम्पन्न
हेटौंडा -१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष प्रमिला सिग्देलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न साधारणसभामा संस्थाकी व्यवस्थापक कल्पना पराजुलीले कारोबारको विवरण प्रस्तुत गर्नु भएकाु थियो । यस्तै संस्थाकी सचिव मन्दिरा घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बनारसी उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा हेटौंडा-१७ का वडासदस्य टिकाप्रसाद तिमल्सिना, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता तथा वचत ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष सम्झना खरेल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदार प्रसाद गौतम, रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेल संस्थाक सल्लाहकार प्रमेश पराजुली, राधिका गौतम लगायतकाको उपस्थिती रहेको थियो।
१७ औं सभाले संस्थाको नयाँ कार्यसमिति समेत चयन गर्ने जनाइएको छ।







