भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

छहारी संवाददाता
फाल्गुन २८, २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो, अनलाइन खबरले लेखेको छ । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीको बलात्कारपछि हत्या गरेको अभियोग त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*