सुनको मुल्य यो हप्ता तोलामा एक सय रुपैयाँले बृद्धि
सुनको मुल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । समग्रमा भने यो हप्ता सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
हप्ताको पहिलो दिन आइतवार तोलामा ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन सोमवार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको थियो भने मंगलवार घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर, बुधवार फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ रुपैयाँ कायम भएको थियो ।
हिजो बिहीवार फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।







