बस दुर्घटनामा परेर २ जनाको मृत्यु, १६ घाइते

छहारी संवाददाता
फाल्गुन २७, २०७७

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अन्यिन्त्रित भई सडकबाट करिब सयमिटर तल खसेर दुर्घटना भएको प्रहरीलाई उद्धृत गदै अनलाइन खबरले लेखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*