सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको अध्यक्षमा अर्जुन गिरी चयन
सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा एक सय ६१ मत ल्याएर अर्जुन गिरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कपिलदेव खनालले मात्र १४ मत प्राप्त गर्नुभयो भने खसेकामध्ये तीन मत बदर भएको अकोराबले जनाएको छ । का
ठमाण्डौमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित हुनु भएको छ ।
यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिनु भएका छ । अध्यक्षबाहेक अन्य पद सर्वसम्मत चयन गरिएको नवनिर्वाचित सचिव सुदर्शन खतिवडाले जानकारी दिनुभयो । नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियो रहेका छन् ।







