नेपाल पुलिस क्लब मेयर कप एकदिवसीय क्रिकेटको फाइनलमा

छहारी संवाददाता
फाल्गुन २६, २०७७

नेपाल पुलिस क्लब काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा काठमाण्डौ मेयर–एघारलाई एक सय तीन रनले हराउँदै पुलिस उपाधिनजिकै पुगेको हो । पुलिसले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ–एघार ३१ ओभर दुई बलमा ९४ रन बनाउँदा अलआउट भयो । काठमाण्डौका लागि सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए ।

पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन, ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४७ ओभर चार बलमा अलआउट हुँदै एक सय ९७ रन बनाएको उज्यालो अनलाइनले लेखेको छ । पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाए ।

काठमाण्डौका लागि सन्दीप लामिछाने, विपिन खत्री र हरिशङ्कर साहले तीनरतीन विकेट लिए । पुलिस प्रतियोगितामा तीन खेल जित्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । वाग्मती दुई अङ्कका साथ चौथो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*