चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै, सतर्कता अपनाउन आग्रह
चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा मेघगर्जन चट्याङ्सहित वर्षा गराउने बादल विकसित भएको छ । यो बादल पूर्वतर्फ सर्ने क्रममा छ ।
मौसमविद राजु प्रधानाङ्गले यसको प्रभाव केही घण्टासम्म मात्रै रहने बताउनुभयो । ‘प्रिमनसुन सिजनको बेला अपराह्नपख बादलहरु विकसित हुन्छ र चट्याङ पर्ने, क्षणिक पानी पर्ने हुन्छ,’ प्रधानाङ्गले भन्नुभयो, ‘यसको असर धेरै लामो समय रहँदैन, केही घण्टा मात्र हो ।’ चट्याङले क्षति पनि पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उहाँले आग्रह गर्नुभएको अनलाइन खबरले लेखेको छ ।
यो पनि पढ्नुहोस
चट्याङको मौसम सुरु भयो, कसरी जोगिने होला रु
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था छ । अपराह्नपछि देशका पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी फागुन २७ गते गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा तथा २८ गते प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदलीको सम्भावना छ । यसैगरी देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ ।







