जन्ती सवार गाडी दुर्घटना, १२ जना बढी घाइते, दुईको अवस्था गम्भीर

छहारी संवाददाता
फाल्गुन २५, २०७७

सप्तरीमा जन्ती सवार गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिष्णुपुर गाउँपालिका-१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका-८ काचनतर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिकाकै वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो ।

सगरमाथा डेरीको पर्खालमा ठोक्किएर ना१ज ८९३८ नम्बरको गाडी दुर्घटनामा बोदे बर्साइन नगरपालिका ८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् । यी दुईजनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै अनलाइन खबरले लेखेको छ ।

दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*