एसईई परीक्षा जेठ १३ गतेदेखि संचालन हुने
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएको अनलाइन खबरले लेखेको छ ।







