सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार
सुनको मुल्य मंगलबार तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घलका अनुसार मंगलबार सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य अस्थिर भएकाले नेपाली बजारमा पनि उतारचढाव आइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मुल्य १० रुपैया घटेको छ । चाँदी आज तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोे छ ।







