हेटौंडा जेसीजको कार्यक्रममा २१ जनाले गरे रक्तदान

हेटौंडा जेसीजले आयोजना गरेको जेसीज सप्ताह कार्यक्रम अन्तरगत शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । जेसिजले फागुन १९ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा हेटौडा अस्पतालकी डाक्टर रक्षा शाहको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा जेसिज हेटौडाका महासचिव श्रवण कुमार बर्तौला लगायतको उपस्थिती रहेको थियो । जेसीजले १९ गते हेटौडा माउन्टेन बाइक च्याम्पेन्सिप प्रतियोगिता गरी जेसीज सप्ताहको सुभारम्भ गरेको थियो । भने सोही दिन मावि स्तरिय अम्बिकादेवी कार्की मेमोरियल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।
यस्तै फागुन २० गते दुर्घटना न्युनिकरणको उदेश्यका साथ स्लो बाइक कम्पिटिसन तथा अन्तर जेसीज वतृत्वकला प्रतियोगित, फागुन २१ गते हेटौंडा उपमहानगरपालिका–१५ चिप्लेटीम रहेको विश्व ज्योती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हरनेहरुलाई आज साँझ हुने सप्ताहव्यापी कार्यक्रमको समापनमा सम्मान तथा पुरस्कृत गरिने बस्नेतले बताउनुभयो ।