२१ औं शताब्दीको अन्त्यमा आइपुग्दा पनि महिलाको सुरक्षा अवस्था नाजुक
गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज बुद्ध शरण लामाले समताको सवालमा कानुन पर्याप्त बनेको भएपनि कार्यान्वयनको पाटोमा सशक्त नभएकोले अबको अभियान यसतर्फ लाग्नु पर्ने बताउनुभयो ।
१११ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया लामाले यस्तो बताउनु भएको हो । महिलाको सुरक्षा, सम्म्मान र रोजगाः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरुले २१ औं शताब्दीको अन्त्यमा आइपुग्दा पनि महिलाको सुरक्षा अवस्था नाजुक भएको बताएका थिए ।

कार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक कृष्ण गौतमले दण्डहीनताको विरुद्ध, मानव अधिकारको पक्षमा लगातार लाग्नुपर्ने बताउनुभयो । दिवसमा मात्रै नभइ सधैं महिला तथा बालिकाहरुको पक्षमा आमसञ्चारबाट एड्भोकेसी गर्न र अधिकारको सवालमा हातेमालो गर्न तयार रहेको सञ्चारिक समूह नेपाल बागमती प्रदेश संयोजक सरिता दाहालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै प्रहरी सहायक निरीक्षक दीपा तामाङले महिलाको अवस्था अझै पनि धेरै नाजुक रहेको बताउनुभयो । यस्तै गैसस मकवानपुर कोषाध्यक्ष तथा महिला सशक्तिकरण तथा गरिबी निवारण समूहकी अध्यक्ष इन्दिरा न्यौपानेले महिलाहरू गर्भदेखी घाटसम्म सुरक्षित नभएको बताउनुभयो । उहाँले महिलाको असुरक्षाले महिलामात्रै नभई सिंगो समाज जोखिममा रहेको बताउनुभयो ।

मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्धको सञ्जालको आयोजना तथा गैसस महासंघ नेपाल बागमती प्रदेश, जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्लान नेपाल, डेक नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा सञ्जाल संयोजक आरती पाठकले दिवसको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रम बारे जानकारी गराउनु भएकाु थियो । उहाँले दिवसको अवसरमा ¥याली, गीति नाटक, मास क्वुज, रक्तदान जस्ता कार्यक्रम गरिने बताउनुभयो ।







