सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर,तीनबुँदे सहमतिमा के छ ?

छहारी संवाददाता
फाल्गुन २१, २०७७

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा औपचारिक हस्ताक्षर भएको छ ।

सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका प्रमुख प्रकाण्डले हस्ताक्षर गर्दै सहमति पत्र आदानप्रदान गरेका छन् ।

सहमति पत्र

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२.नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३.नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*