पर्यटन विकास आयोजना बागमती प्रदेशका सब इन्जिनियर ५० हजार घुस रकम सहित पक्राउ

छहारी संवाददाता
फाल्गुन २१, २०७७

पर्यटन विकास आयोजना बागमती प्रदेशका सब इन्जिनियर ५० हजार घुस रकम सहित पक्राउ परेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश अन्तरगतको पर्यटन विकास आयोजनाका सव–इन्जिनियर नेत्र लामिछाने ५० हजार घुस रकम सहित पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले हेटौंडा–११ थानाभर्याङस्थित एक होटलबाट पक्राउ गरेको हो ।

धादिङको खनियाँबासमा आर्थिक बर्ष २०७५/७६ को विकास आयोजनाका लागि उपभोक्ता समितिले राखेको धरौटी रकम नियमअनुसार फिर्ता दिनु पर्नेमा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा लामिछानेलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उनलाई थप अनुसन्धान तथा कार्वाहीका लागि काठमाडौं पठाइने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*